साझेदारी गर्नुहोस्

रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो । पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने दिनेस कार्तिकले अविजित २८ र महिपाल लोमरोरले अविजित १७ रन बनाएका थिए । यसअघि पञ्जावलेपहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । यो रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पञ्जावले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।