साझेदारी गर्नुहोस्

कलाकार पवन खतिवडामाथि कुटपिटको आरोपमा प्रक्राउ परेकी शर्माला वाइबा धरौटीमा रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतले शुक्रबार युटुबमा विभिन्न फन्डा गर्दै चर्चित बनेकी वाइबालाई ३५ हजार धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीकाअनुसार उनलाई कुटपिट र अंगभंग शीर्षकमा सो रकम बराबरको धरौटी तोकिएको हो । महानगरीय प्रहरी वृत महाराजगन्जका डीएसपी अमर थापाका अनुसार वाइबा आजै रिहा भएकी छन् । अनुसन्धानका लागि उनीमाथि सात पटक म्याद थप गरिएको थियो । उनले २६ दिनको हिरासत बिताइन् ।