कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए । पर्वतको दक्षिणी क्षेत्रको गिरीपैयू गाउँपालिका स्थानीयसँग आइतबार भएको भेटघाटमा यस्तो बताएका हुन् ।
प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै उनले कानुन निर्माणमा सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखे । भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरू छिट्टै जारी हुने विश्वास दिलाए ।

















