साझेदारी गर्नुहोस्

चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले मादकपदार्थ सेवन गरेर कार चलाएको खुलेको छ । उनले मापसे गरेको अवस्थामा कार चलाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । निर्देशक भण्डारीसहित प्रहरीको नियन्त्रणमा रहेका पुजन अधिकारी पनि प्रहरी नियन्त्रणबाट छुटेका छन् । दुर्घटनामा परी कारमा सवार ६ जना घाइते भएका थिए ।

शुक्रबार बिहान बिहान ३ बजेतिर भण्डारीले चलाएको बाग्मती प्रदेश ०१–०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई भक्तपुरको सूर्यविनायकमा एउटा टिपरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरी अनुसन्धानमा उक्त कार निर्देशक भण्डारीले नै चलाएको खुलेको छ।