साताको कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेसँगै यो साताको सेयर बजार बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २०४८ दशमलव ५७ को विन्दुमा पुगेको हो ।
बिहीबार ३१५ कम्पनीका ५२ हजार ३ सय १७ पटकको कारोबारमा १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ रहेको छ ।