साझेदारी गर्नुहोस्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज नेपाल आउने भएकी छन् । ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी आगामी चैत १७ गते नेपाल आउने निधो भएको हो ।

 

आरबी डायमण्ड ज्वेसर्लले स्थापनाको २७औँ वर्ष पूरा गरेको अवसरमा उक्त रनवे आयोजना गर्न लागेको हो । ज्वेलर्सका प्रमुख रिकेन महर्जनले नेपाली बजारको गहना र डिजाइनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन कार्यक्रम आयोजना गरिएको बताए ।

 

उनले ज्याकलिनको एउटा भिडियो सार्वजनिक गर्दै कार्यक्रमको तयारी भैरहेको जानकारी दिएका छन् । भिडियोमा ज्याकलिनले आफू नेपाल आउन लागेको बताएकी छन् ।

 

रनवेमा ज्याकलिनसँगै नेपाली कलाकारहरुले पनि प्रस्तुती दिने बताइएको छ ।