साझेदारी गर्नुहोस्

भोजपुर र उदयपुर जोड्ने चुवार पुल नजिकै भएको जीप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो । ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् ।  उनीहरूलाई उपचारका लागि धरान लगिएको छ ।

 मृत्यु: 

१) पर्वतमाया राई-हतुवागढी- २

२) चन्द्रप्रकाश राई- हतुवागढी-२

३) रामकुमारी राई (ममता)- हतुवागढी-५

४) पदमबहादुर थापा- बराहक्षेत्र- ३

५) दिशान राई- हतुवागढी-२ (६ महिनाको)

६) कमला अधिकारी इटहरी

७) मान बहादुर बस्नेत- हतुवागढी गाउँपालिका-२ (चालक)

बीपी स्वास्थ्य प्रतिष्ठानमा

८) किसन राई -हतुवागढी-५