धितोभन्दा दोब्बर ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना कर्मचारी बैंकरहरु हाजिर जमानीमा छुटेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रवक्ता एसपी होवीन्द्र बोगटीका अनुसार उनीहरुलाई हाजिर जमानीमा छोड्ने निर्णय भएको हो । राष्ट्र बैकको विज्ञ टोलीले अनुसन्धान गरिरहेको कारण सिआइबीले तत्काललाई दैनिक हाजिर गर्नुपर्ने सर्तमा उनीहरुलाई छोडेको हो ।