नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चकायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गत मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ मूल्य कायम भई अघिल्ला सबै रेकर्ड तोडिएको थियो । बुधबार १ लाख २३ हजार ५ सय, बिहीबार र शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख २६ हजार कायम भएको हो ।
यस्तै तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो ।