प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । नयाँ गठबन्धनपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसका कारण एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डले मतदानमा पार्टीका सबै सांसदलाई सहभागी हुन ह्वीप जारी गर्ने निर्णय नै गराएका छन् । आज बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन र राष्ट्रियसभाका अध्यक्ष पदको मतदानका दिन सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । प्रमुख सचेतक पाण्डेले माओवादीले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार भोलिसम्म टुंगो लगाउने जानकारी पनि दिएका छन् ।