साझेदारी गर्नुहोस्

सरकारले थप २ हजार ६७४ जनालाई शहीद घोषणा गरेको छ । सरकारको निर्णय अनुसार थप शहीदको सूची गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो |  २४ पुसको मन्त्रिपरिषद बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर शहीद घोषणा हुन बाँकी २ हजार ६७४ जनालाई शहीद घोषणा गरेकोमा त्यसै अनुसार राजपत्रमा प्रकाशित गरिएको हो ।

सबैभन्दा बढी कालिकोटमा २७१ जना र दोस्रोमा रोल्पामा ३६९ शहीद छन् भने सबैभन्दा कम संखुवासभा, लमजुङ, उदयपुर र रसुवामा एक–एक जना छन् । नेपाली सेनाका तीन जना, सशस्त्र प्रहरी बल नेपालका एक जना पनि शहीदको सूचीमा छन् । यस अघि पनि नेकपा (माओवादी केन्द्र)कै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारले एक वर्ष अघि गत फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा शहीद घोषणा भएका आठ हजार ४६७ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको थियो ।

 

दुई पटकमा गरेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले ११ हजार १४१ जना विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।