साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

गत सोमबार नयाँ सत्ता समीकरण बनेपछि बस्न लागेको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।