साझेदारी गर्नुहोस्

वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन)मा व्यक्तिगत डेब्यु गोल गरेकी छन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिबार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचिन् । वैकल्पिक खेलाडीको रूपमा ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी भण्डारीले त्यसको ५ मिनेट अर्थात् इन्जुरी समयको हिलो मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरेकी थिइन् ।