साझेदारी गर्नुहोस्

प्रधानमन्त्री प्रचण्डले उनको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।