साझेदारी गर्नुहोस्

त्रिकोणात्मक टी–२० आई सिरिजको जित्नै पर्ने दबाब रहेको खेलमा नेदरल्याण्डसमाथि ६ विकेटको जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ ।   आजको जितले रन रेटमा राम्रो सुधार भएपछि नेपाल फाइनल पुग्न सफल भयो । सिरिजमा नेदरल्यान्ड्स र नामिवियाबीचको एक खेल बाँकी छँदा २ मा जित र १ मा हारसहित नेदरल्यान्ड्स ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ ।

नेपाल ४ खेलमा २ मा जित र २ हारसहित ४ अंक लिएर नेटरनरेट ०.२९३ सहित दोस्रो स्थानमा छ । नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ तालिकाको पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ । आइतबार नेदरल्यान्ड्स विजयी भए सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ । नेटरनरेटमा नेदरल्यान्ड्स र नामिविया मध्ये एक टोली फाईनल जानेछ । नेपाल पहिलो खेलमा नामिवियासँग २० र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर तेस्रो खेलमा नामिवियालाई ३ रन र समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्यो ।