साझेदारी गर्नुहोस्

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनामा प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्। ज्यानसम्बन्धी कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वडा नम्बर १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल रहेको प्रहरीले जनाएको छ । बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शालिनको मृत्युपछि आफन्तले तीन जनाविरूद्ध दिएको किटानी जाहेरीपछि उनिहरुलाई पक्राउ गरिएको हो । घटनाका बारेमा अनुसन्धान जारी रहेको र पोष्टमर्टम रिपोर्ट पछिमात्रै घटनाबारे बताउन सकिने प्रहरीले जनाएको छ ।

कक्षा ८ मा अध्ययनरत १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते मृत भेटिएकी थिईन् । होस्टेलमा मृत फेला परेकी १४ वर्षीया शालिन पोखरेलको सुसाईड नोट फेला परेको छ ।सोही स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते मृत भेटिएकी थिईन् ।