नयाँ बानेश्वरिस्थित संसद भवन परिसर प्रवेश गरेपछि पक्राउ परेका ४९ जना लघुवित्त पीडित रिहा भएका छन्। सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

सोमबार (फागुन १४ गते) नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रबाट संसद् भवन परिसरमा छिरेर प्रदर्शन गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए।४८ महिला र एक पुरुष गरी ४९ जना लघुवित्त पीडितहरूलाई प्रहरीले मुद्दा चलाउन म्याद थप गरेको थियो।