साझेदारी गर्नुहोस्

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धि नयाँ तथ्य सार्वजनिक गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका लक्षण नै नदेखिईकन कोरोना पुष्टि भएका मानिसहरुबाट अर्को मानिसहरुमा संक्रमण नसर्ने जनाएको छ । कोरोना भाइरसले विश्व प्रभावित भएका बेला स्वास्थ्य संगठनकी आपतकालीन रोग तथा जुनोसिस युनिट प्रमुख डा, मारिया भान क्रेकोभले विशेषगरी युवा र स्वस्थ व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिए पनि उसमा चाँडै लक्षण नदेखिने तथा संक्रमण पुष्टि भएको धेरै समयपछि मात्र देखिने बताएकी छन् ।