साझेदारी गर्नुहोस्

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमितता नभएको बताएका हुन् ।

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपित भन्न नमिल्ने बताए । मन्त्री बस्नेतले यस विषयमा दोषी देखिए पदमा नबस्ने स्पष्ट पारे । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रूपमा जोगाउन खोजिएको उनले बताए । मन्त्री बस्नेतले आफूले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको धारणा राखे ।