आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७ ओभर ५ बलमा केबल २ विकेट गुमाउँदै भेट्टायो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी साइनब्राड एङ्गेलब्रेख्टले ४६ रन जोडे । नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खेल सकिन ३ बल बाँकी छँदै अल आउट हुँदै १ सय ७२ रन बनायो । नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ६६ रन बनाएका थिए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण