साझेदारी गर्नुहोस्

नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै पार्टीव्यापी रुपमा सञ्चालन हुने २०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढिकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रश्तुत गर्नुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बतउनुभयो । उहाँले खाकासम्बन्धी प्रश्तुत गरिएका कार्ययोजना र प्रश्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रिय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताउनुभयो ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु रहेको बताउनुभयो । उहाँले छलफलपछि आएका निस्कर्षलाई केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रिय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीवार केन्द्रिय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताउनुभयो ।