साझेदारी गर्नुहोस्

साइबर सुरक्षा विज्ञ विजय लिम्बुले वाणिज्य बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्था साइबर अपराधको जोखिममा रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञ लिम्बूले वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाहरु साइबर अपराधको जोखिममा रहेको बताएका हुन् ।‘संस्थाको दृष्टिकोणबाट हेर्ने हो भने वाणिज्य बैंकलाई साइबर सुरक्षित भन्न सकिन्छ। यता कता अहिले विकास बैंकहरु पनि आइरहेका छन् साइबर सुरक्षाका लागि। जब म फाइनान्स र माइक्रोफाइनान्स तिर जान्छु, उनीहरु अझै संघर्ष गरिरहेका छन्,’ उनले भने।

लिम्बुका अनुसार बिकास बैंक तथा अन्य वित्तीय संस्थाहरु साइबर हमलाको जोखिममा रहेका छन् । साइबर सुरक्षाका लागि नेपाल राष्ट्र बैंकको मापदण्ड पूरा गर्न सक्ने अवस्थामा वाणिज्य बैंकहरु मात्र रहेको उनको भनाइ छ। त्यस्तै लिम्बुले नेपालबाटै हुने साइबर स्क्याम बढेको समेत बताएका छन् । उनका अनुसार केही वर्षअघिसम्म नाइजेरिया लगायतका देशबाट साइबर अपराधका हुन्थ्यो भने अहिले नेपाल भित्रैबाट साइबर स्क्याम बढेको बताए । साथै, विज्ञ लिम्बुले साइबर सुरक्षाका विषयमा बैंकहरुले अझैपनि धेरै काम गर्नुपर्ने बताए।