साझेदारी गर्नुहोस्

मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित १ सय ४ वटै प्रदेश सभा सदस्य मध्ये ६९ जनाले विश्वासको मत दिएका हुन्। १ सय ७ सदस्यीय प्रदेशसभामा १ सय ४ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए । मतदानमा सहभागी भएका १ सय ४ जना प्रदेशसभा सदस्यहरूले विश्वासको मत दिएपछि बहुमतले विश्वासको मत पाएका हुन्।

यसअघि उनी दुई पटक प्रदेशसभाबाट सर्वसम्मत विश्वास मत पाएका थिए । यस पटक नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विश्वासको मतको विपक्षमा मतदान गरेका छन्। मधेस सरकारमा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिएका हुन्।