साझेदारी गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरूले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अबका दिनमा पैसा नभएको र गरिब कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिबद्धता समेत जनाएर. मन्त्री बस्नेतले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए।

‘अहिले सातै वटा प्रदेशमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघ सरकारको पहलमा धेरै कार्यक्रमहरु गर्दै हिँडेका छौँ। प्रादेशिक अस्पतालका जनरल बेडहरु सबै निःशुल्क भएका छन्। अहिले गरिब विपन्नहरूले उपचार पाउने क्रम अलि बढिरहेको छ। अब उप्रान्त पैसा नभएको र गरिब कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपाली मर्दैनन्।’ उनले भने।