साझेदारी गर्नुहोस्

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिएपनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसको रुपमा मनाइने बताएका छन् । मंगलबार काठमाडौँमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै  गृहमन्त्री श्रेष्ठले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए ।