देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसै अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखि एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताउनु भयो ।उपप्रमुख डंगोलले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनु भयो ।
डंगोलले समृद्धिको मुल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।