साझेदारी गर्नुहोस्

परराष्ट्रमन्त्री एनपी साउदले कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।  

काठमाडौँस्थित कोरियन दूतावासले मंगलबार होटल याक एन्ड यतिमा आयोजना गरेको नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सब अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले कोरियन कम्पनी र लगानीकर्तालाई स्वागत गर्न तत्पर रहेको बताएका हुन् । 

उनले दुबै मुलुकबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेकोसमेत बताए। यसैबीच उनले कृषि, उर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताए।