सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ। सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले यस्तो बताएका हुन्।
उनले केन्द्रिय परिषद् बैठकमा महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने, केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुनेछ र केन्द्रिय कमिटीका पदाधिकारीहरुको संख्या १९ हुने प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई परिषद्का बहुमत सदस्यहरुले पारित गरेका हुन्।