साझेदारी गर्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत आठ अध्यागमन अधिकृतहरु फरार भएका छन् । भिजिट भिसाको सेटिङमा पक्राउ पूर्जी जारी भएका अधिकृतहरु फरार भएका हुन् ।

अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, ताराबहादुर कुँवर र सुजन फागो फरार भएका हुन् । उनीहरुलाई फरार प्रतिवादीका रुपमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ । अध्यागमन अधिकृत नरवीर खड्का भने प्रहरी हिरासतमै छन् । उनकै बयानका आधारमा अध्यागमनका अन्य कर्मचारीहरुको संलग्नता पुष्टि भएको हो ।