बेवारिसे व्यवस्थापन तथा पुनजीवन केन्द्रको १२ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष विनय जंग बस्नेतको अध्यक्षतामा काठमाडौँको अनामनगर स्थित सामाजिक विकासको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बाग्मती प्रदेश सरकारका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि माननीय रामकृष्ण चित्रकारले सँस्थाले गरेको कामको प्रशंसा गरेका छन् । बेवारिसे अवस्थामा छोडिएका शवहरुको व्यवस्थापन गरेर सँस्थाले उल्लेखनिय काम गरेको भन्दै मन्त्री चित्रकारले स्यावासी समेत दिए । मुर्दालाई समेत जीवन प्रदान गरि शवहरुको व्यवस्थापन गरेको भन्दै पुनजीवन केन्द्रको कामलाई सलुट समेत गरे । यस्तै चित्रकारले यो काममा जुट्ने सँस्थाका सम्पूर्ण सदस्यहरूको सेवाप्रती आफू नतमस्तक भएको र आफूले सक्ने सहयोग गर्ने आश्वासन समेत दिए ।
यस्तै कार्यक्रमका विशेष अतिथि तथा बाग्मती प्रदेश सभाका सदस्य माननीय सुनिल के.सीले बेवारिसे व्यवस्थापन तथा पुनजीवन केन्द्रले सडकमा रहेका शवहरुको व्यवस्थापन गरि उच्च मानवीयता कायम गरेको प्रती खुसी व्यक्त गरे ।
कार्यक्रममा सँस्थाका सँस्थापक अध्यक्ष विनय जंग बस्नेतले बेवारिसे व्यवस्थापन तथा पुननीवन केन्द्रले लामो समयदेखि बेशाहारा शवहरुको शाहारा बन्दै आएको र यो कार्यलाई निरन्तरता दिइरहने बताए । आफ्नो समुहले विभिन्न चुनौतीहरुको सामना गर्दै आजको दिनसम्म आइपुगेकोमा खुसी समेत व्यक्त गरे । बस्नेतले सम्पूर्ण नेपाली आम जनसमुदायको माया र हौसलाले आफ्नो कार्यमा सहयोग पुगेको समेत बताए ।
यस्तै उनले पुनजीवन केन्द्रले आगामी दिनहरूमा सबैको सहयोगमा अझै राम्रा कामहरु गर्दै जाने र बेवारिसे शवहरुलाई साँच्चिकै पुनजीवन दिने गरि काममा अझै सक्रिय रहने बताए । यस्तै सँस्थाकी सक्रिय सदस्य पुजा विश्वकर्माले पुनजीवन केन्द्रको कामलाई सबैले मन पराएको र हौसला दिएकोले आफूहरूलाई काम गर्न सहज भएको बतएकी छन् । आगामी दिनहरूमा पनि यो कामलाई अझै सक्रिय भएर अगाडि बढाउने उनको भनाइ छ ।
कार्यक्रममा चर्चित सामाजिक अभियान्ता पुण्य गौतम, तारा बराल लगाएतका व्यक्तिहरूको उपस्थिती रहेको थियो ।
यस्तै कार्यक्रमको अन्त्यमा लामो समय देखि सँस्थालाई सहयोग गर्दै हौसला प्रदान गर्ने सँस्था र व्यक्तिहरुलाई कदरस्वरुप सम्मान पत्र समेत प्रदान गरिएको छ ।