साझेदारी गर्नुहोस्

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हासिल गर्नि।  कोइरालाई सत्तागठबन्धनकै मतदाताले फ्लोरक्रस गरेर भोट दिएका छन् । यहाँ एमाले(राप्रपाको तालमेल थियो । गठबन्धनकै भोट भएपनि फ्लोरक्रस भएपछि माओवादीकी चम्पादेव कार्की पराजित भइन् ।

कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरेर भोट दिएका छन । ९३ मध्ये उनलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् । यो परिणामले अब कृष्णप्रसाद सिटौलाको के हुन्छ भन्ने चासो बढेको छ ।