पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत बिहिबारदेखि सुरु हुँदै । साँखुमा प्रत्येक वर्ष माघ महिनामा लाग्ने एक महिने श्री माधवनारायण तथा स्वस्थानी व्रतकथा एवम् शालिनदी मेलाको तयारी पूरा भएको छ । एक महिना चल्ने स्वस्थानी व्रतका बेला बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
स्वस्थानीका अवसरमा बिहिबारदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्दछ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा मनोकांक्षा पूर्ण हुने जनविश्वास छ ।
व्रतको क्रममा स्नान गर्ने व्रतालु महिलाहरूको फोटो, भिडियो खिच्न नपाइने प्रावधान समेत रहेको छ ।