साझेदारी गर्नुहोस्

साताको चौथो कारोबार दिन बुधबार सेयर मापन परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा झारेको छ। दिनभरजसो सेयरबजार तीव्र उतारचढावपूर्ण हुँदै कारोबार बन्द हुने बेला घट्यो। बुधबार १५३ कम्पनीको सेयर घट्यो भने ८० कम्पनीको सेयर बढ्यो। १४ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १० लाख ५९ हजार ९ सय ४९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ रुपैयाँको सेयर कारोबार भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक  ०.७३ अंकले घट्यो भने फ्लोट सूचक पनि ०.७० अंकले घट्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि ०.२२ अंकले घट्यो। नेप्सेका १३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको सेयर घट्यो भने दुई उपसमूहको सेयर बढ्यो। बुधबार घट्ने उपसमूहमा विकास बैंकतर्फ रह्यो। सो उपसमूह ४०.६२ अंकले घट्यो। त्यसैगरी जीवनबीमातर्फ पनि ३८.०५ अंक र हाइड्रोपावरतर्फ पनि ३३.४३ अंकले घट्यो। बुधबार बढ्ने उपसमूहमा बैंकिङतर्फ १.१३ अंक र म्युचुअल फण्डतर्फ पनि ०.०२ अंकले बढेको छ। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा चन्द्रगिरी हिल्स कम्पनी र मिडसोलु हाइड्रोपावर कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। त्यसैगरी एनएमबी माइक्रोफाइनान्स कम्पनीको सेयर पनि ६.२० प्रतिशत र सिवाईसी लघुवित्त कम्पनीको सेयर ५.१४ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको थियो। आइतबार १७७ कम्पनीको सेयर घट्यो भने ६४ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार दुई करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको सेयर कारोबार भएकाे थियाे।