नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालले देशका विभिन्न कार्यालयमा विभिन्न पदमा कार्यरत प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न पदमा कार्यरत २४ जना प्रहरी आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा/गराउँदा तथा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको उल्लेख गर्दै हाजिर हुन भनेको हो । कार्यालयले सूचना जारी भएको मितिले बाटोको म्याद बाहेक सात दिन भित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचित गरेको छ ।सूचनाको बेवास्ता गरी सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिइएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण