राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले देशमा धर्म निरपेक्ष आउनुमा बाहुन क्षेत्री र हिन्दु भन्नेहरु नै रहेको आरोप लगाउनु भयो । धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने भन्दै उहाँले चुनावमा हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन आवश्यक रहेको बताउनुभयो । लिङ्देनले नेपालमा धर्म निरपेक्ष बनाउन माओवादी भन्दा बढी दोषी नेपाली काँग्रेस रहेको बताउनुभयो । उहाँले हिन्दु अधिराज्य स्वीकार्न, राजालाई कुनै न कुनै ठाउँ दिन र प्रदेश खारेज गर्न सहमत भए नेपाली काँग्रेसको भाइ भएर हिँड्न राप्रपा तयार रहेको बताउनुभयो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण