समाजसेवी तथा राप्रपाका प्रभावशाली नेता विनय रावलले ब्रेन हयाम्ब्रेज भइ अस्पतालमा भर्ना गरिएका पदम पुरीलाई आर्थिक सहयोग गरेका छन् । सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.२ रानिपुर टोलका ५६ वर्षीय पुरीलाई नेता रावलले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
नेपालगन्ज स्थित न्युराे अस्पतालमा भर्ना गरिएका पुरीको उपचारमा सहज होस् भन्दै नेता रावलले दमकी श्रीमती कौशिला मार्फत २० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । पुरिको उपचारका लागि आर्थिक अवस्था समस्या भएको भन्ने खबर सुन्ने बित्तिकै नेता रावलले उनलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
यसो त रावल पछिल्लो समय सामाजिक सेवामा उत्तिकै सक्रिय रहदै आएका छन् । राप्रपाको केन्द्रिय सदस्य तथा केन्द्रीय सामाजिक बिभाग प्रमुख समेत रहेका रावल मानव सेवा नै सर्वोत्तम धर्म हो भन्ने मान्यतालाई अवलम्बन गर्दै आएका छन् । समाजसेवा संगै विकास प्रती चासो राख्ने रावल एक दुरदर्शि, उदारवादी , विकासवादी र समाजवादी चिन्तक भएका व्यक्ति हुन् । उनले हरेक दिन गरिब दुखी जनताको पक्षमा केहि न किहि काम गरिरहेका हुन्छन् । यसबाट पनि उनी समाज र नागरिकहरु प्रती कति उत्तरदायी छन् भन्ने कुरा प्रष्ट हुन्छ ।