साझेदारी गर्नुहोस्

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको हो । भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।

विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई सार्वजनिक गरिएको हो । उनले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका थिए ।शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर डा। एस भट्ट आचार्यको नामबाट ठगिरहेको बताइएको छ ।

प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ । आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्सी बताउँदै बज्राचार्यले उपचार गर्दै आएको प्रहरी बताउँछ । त्यस्तै विदेश जानेका लागि नक्कली मेडिकल रिपोर्ट समेत बनाउँदै आएका थिए ।