राममन्दिर उद्घाटनको दिन आज । अयोध्याको चर्चा संसारभर चुलिएको छ । राममन्दिरसँग जोडिएका समाचारले विश्वभरका संचारमाध्याममा प्राथमिकता पाएका छन् । जनकपुरको जानकी मन्दिरबाट कोसेली अयोध्या लगिएको छ ।
आज हुने मन्दिर उद्घाटनका लागि सरकारी संयन्त्र, मन्दिर व्यवस्थापन पक्ष, निर्माण समितिलगायत सबै व्यस्त छन ।त्यसमा एक नेपाली पात्र पनि मन्दिर उद्घाटनको तयारीमा निकै व्यस्त छन् । उनी हुन्, झापा मेचीनगरका दुर्गाप्रसाद गौतम । राममन्दिरका मुख्य आचार्य हुन् उनी । मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा हुने र त्यससँग जोडिएका सम्पूर्ण विधि–विधानको तयारीमा उनको व्यस्तता बढेको हो । ३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन् । मन्दिरको मूल पुजारी भने सत्येन्द्र दास हुन् । उनले दैनिक पूजाआजा र आरती गर्ने गर्छन् ।
त्यसमा एक नेपाली पात्र पनि मन्दिर उद्घाटनको तयारीमा निकै व्यस्त छन् । उनी हुन्, झापा मेचीनगरका दुर्गाप्रसाद गौतम । राममन्दिरका मुख्य आचार्य हुन् उनी । मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा हुने र त्यससँग जोडिएका सम्पूर्ण विधि–विधानको तयारीमा उनको व्यस्तता बढेको हो । ३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन् । मन्दिरको मूल पुजारी भने सत्येन्द्र दास हुन् । उनले दैनिक पूजाआजा र आरती गर्ने गर्छन् ।