साझेदारी गर्नुहोस्

बलिङ र ब्याटिङ चल्न नसकेपछि नेपालले आइतबार न्युजिल्यान्डसँग ६४ रनको हार बेहोर्दै यु–१९ विश्वकपमा खराब सुरुआत गरेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा खराब बलिङसँगै शीर्ष क्रमका ब्याटरले धैर्यपूर्वक ब्याटिङ गर्न नसक्दा देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोलीले पहिलो खेलमै हार बेहोर्नुपर्‍यो। इस्ट लन्डनको बुफालो पार्कमा तीन सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले पूरै ओभरमा खेले पनि ९ विकेटको क्षतिमा २३८ रन मात्र बनाउन सक्यो।