साझेदारी गर्नुहोस्

२२ जनवरी अर्थात् आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । भारतको इतिहासमा यो राम मन्दिरको प्राणप्रतिष्ठानलाई नयाँ आयामका रूपमा लिइएको छ ।

लामो समयको संघर्षपछि हिन्दुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागेका हुन् । राम मन्दिरको प्राणप्रतिष्ठाले भारतलाई मात्र नभई छिमेकी देश नेपाललाई पनि छोएको छ । भारतको अयोध्या र उत्तर प्रदेश मात्रै नभई नेपालको अधिकांश धार्मिक मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिन लागेको हो । अयोध्या हिन्दु र मुस्लिमका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो ।

सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने बाटो खुलेको हो ।