साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न  निर्देशन दिएका छन् । आइतबार प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भने, ‘तपाईँले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईँ धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’