साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानुन उल्लङ्घन नगर्न अनुरोध गरेका छन्। आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो अनुरोध गरेका हुन्। उनले रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिंदै जागिर खाने नाममा जहाँ पायो त्यहीं राज्यको नीतिविपरीत, संविधानको मर्म विपरीत, संविधानको मर्म विपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावना विपरीत सेनामा भर्ती नहुन आग्रह गरे।

प्रधानमन्त्री दाहालले विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्डबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे। उनले रुसलाई युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्कादिन आग्रह गरेको जानकारी दिए।