साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी काम छिट्टै अघि बढने बताएका छन् । असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगाण्डाबाट आज स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढ्ने बताएका हुन् । उनले संसदको हिउँदे अधिवेशनबाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने स्पष्ट पारे ।