साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । असंलग्न आन्दोलन नामको १९औँ शिखर सम्मेलनमा सहभागी हु युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै केही समय अगाडि काठमाडौंमा अवतरण गरेका हुन् । कतार एयरवेजबाट काठमाडौं आइपुग्ने समयमा प्रधानमन्त्रीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान र अवतरण आधा घन्टाका लागि रोकिएका छन् । प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २:१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको थियो ।