साझेदारी गर्नुहोस्

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताएका छन् । डोल्पो समाजको रजत जयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले निगम यही व्यवस्थापनबाट नचल्ने भन्दै करार व्यवस्थापनबाट निगमलाई सञ्चालन गर्ने गरि अध्ययन कार्यदल बनाइने बताएका हुन् । यही आर्थिक वर्षमा पर्यटक गौरवको क्षेत्रहरू पहिचान गरि घोषणा गर्ने, पर्यटनका सुत्रहरु निर्माण गर्नका लागि संस्कृति नीति तयार गर्ने र पर्यटन ऐन संशोधन गरिने उनले बताए ।