साझेदारी गर्नुहोस्

अनुहारले व्यक्तिको शारिरीक र मानसिक स्थिति थाहा पाउन सकिन्छ। जस्तो कि झोक्राएको अनुहार र फ्रेस देखिने अनुहारबाट कुनै पनि व्यक्तिको स्फुर्तिबारे थाहा पाउन सकिन्छ। रिसाएको व्यक्ति र हँसिलो व्यक्ति पनि अनुहार बाटै छुट्याउन सकिन्छ

  1. अनुहार सुन्निनु – यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ । यद्यपी, यस्तो समस्या औषधिको ‘साइड–इफेक्ट’का कारण पनि हुनसक्छ ।
  2.  दारीको रौँ झर्नु – दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ ।
  3. अनुहारमा रौँ – महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ ।
  4. .अनुहार पहेलिनु – लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । साथै यो पहेलोपन पोलियो र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ । यसले जन्डिसको पनि संकेत गर्छ।
  5. सेतो दाग – अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ । साथै यो आइरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ ।