साझेदारी गर्नुहोस्

म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मूल्यवान क्लब बनेको छ ।फुटबल बेन्चमार्कले सार्वजनिक गरेको युरोपियन फुटबल क्लबहरुको वार्षिक रिपोर्ट अनुसार म्यानचेस्टर सिटीको अहिलेको टिम विश्वको सबैभन्दा बढी मूल्यवान हो । यस रिपोर्टमा २०२३ मा युरोपका टप पाँच लिगमा क्लबहरुले खेलाडी ट्रान्सफरमा १.१ बिलियन युरो खर्च गरेका छन् । म्यानचेस्टर सिटीको टिमको अहिलेको बजार मुल्य १४१४ मिलियन युरो रहेको छ । जुन अघिल्लो वर्षको भन्दा ९ प्रतिशतले बढी हो ।

त्यस्तै यस सूचीमा दोस्रो स्थानमा फ्रेन्च च्याम्पियन पिएसजी रहेको छ । पिएसजीको टिमको बजार मूल्य ११५२ मिलियन युरो छ, जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।त्यसैगरी यस सूचीमा तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । रियल म्याड्रिडको टिमको बजार मूल्य ११५२ मिलियन युरो रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । त्यसैगरी जर्मनी क्लब बायर्न म्युनिख यस सूचीमा चौथो स्थानमा रहेको छ । बायर्नको टिमको बजार मूल्य १०२३ मिलियन युरो रहेको छ । बायर्नको बजार मूल्य अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

 

त्यस्तै स्पेनिस क्लब बार्सिलोना यस सूचीमा पाँचौं स्थानमा रहेको छ । बार्सिलोनाको टिमको अहिलेको बजार मूल्य अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम १००५ मिलियन युरो रहेको छ ।