सर्वोच्च अदालतले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। शुक्रवार न्यायधिश हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको इजलासले वीर अस्पतालमा आवश्यक बजेट नरोक्न आदेश जारी गरेको हो।
अधिवक्ता बिमल पोखरेलले गत पुस १६ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालय विरुद्ध मुद्दा दर्ता गरेका थिए। तीन साता अघि वीर अस्पतालमा नियमित खाद्यान्न, अक्सिजन र मर्मत सामाग्रीको लागि आवश्यक बजेट चालु आर्थिक वर्षमा कटौती भएपछि सङ्कट परेको विषयमा सञ्चार माध्यममा प्रकाशित भएको थियो।