साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवनका सहकारी पीडितसँग भेट गरेका छन्। शुक्रबार भरतपुर ११ स्थित आफ्नो सचिवालयमा उनले भेट गरेका हुन्।

भेटका क्रममा उनले सहकारी पीडितको समस्याको समाधान राज्यले गर्नुपर्ने बताएका छन्। उनले तत्काल बचत कर्ताको रकम राज्यले दिएर पछि सञ्चालकबाट सोध भर्ना लिनुपर्ने धारणा राखे। ‘राज्यले सञ्चालक गर्न दिएपछि बचत कर्ता उठिबास भएको अवस्थामा राज्यले जिम्मा लिनुपर्छ,’ उनले भने ‘बचत कर्ताको रकम फिर्ता गर्नमा हामी राज्यलाई सहयोगी भूमिका खेल्छौँ।’ लामिछानेले हिउँदे अधिवेशनमा सहकारीमा मुद्दालाई जोड तोड्ले उठाउने बताए । उनले सहकारी पीडितलाई न्याय दिलाउने आश्वासन दिए।