साझेदारी गर्नुहोस्

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको बताएका छन् ।१७ औ बलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक बुद्धिजीवी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेशी समुदायमाथि विभेद गरिरहेको बताएका हुन् । उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेशी समुदायमाथि दमन गर्ने गरेको जिकिर गरे ।